दार्चुलाको नौगाड खोलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु दुई बेपत्ता

lalbigul.com

दार्चुला । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

नौगाड गाउँपालिका–५ को शौकेबगरमा नौगाड खोलामा म १ ह ११४८ नम्बरको अटोरिक्सा खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई जना बेपत्ता भएका छन्।

होपरीगाडबाट धुलिगडातर्फ जाँदै गरेको उक्त अटोरिक्सामा पाँच जना सवार थिए। प्रहरीले अटोरिक्सा चालक मनिराम भुललाई नियन्त्रणमा लिएको छ।

चालकका १७ वर्षीय छोरा आयुस दुर्घटनामा घाइते भएका छन् र उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता भएकाको पहिचान भने खुल्न सकेको छैन। बेपत्ताको खोजीका लागि धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया