नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको निर्वाचनमा अशोक पाण्डेय मन्त्री पदको उम्मेदवार

lalbigul.com

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको साउन ३१ गते हुने निर्वाचनमा अशोक पाण्डेयले मन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

रेडक्रस सोसाइटी कञ्चनपुरका कार्य समिति सदस्य पाण्डेयले संस्थालाई अझ बलियो बनाउने र समाजसेवाको लक्ष्यलाई अघि बढाउने उद्देश्यका साथ मन्त्री पदमा उम्मेदवार बन्ने तयारी गरेका हुन्। उनले हाल साधारण सदस्यहरूलाई सहयोग र समर्थनका लागि आग्रह गरिरहेका छन्।

पाण्डेय बेलौरी नगरपालिकाका कर्मचारी हुन् र नगरपालिकाको विपद् व्यवस्थापन फोकल पर्सनका रूपमा काम गरिसकेका छन्। उनी समाजमा सेवा गर्दै आएका सक्रिय व्यक्तिहरूमध्ये पर्छन् र विपद् व्यवस्थापन, राहत तथा राहत सामग्री वितरणमा समेत अनुभव राख्छन्। उनी २०६५ सालदेखि नै रेडक्रसमा सक्रिय छन्। उनले रेडक्रसको बृहत् समाजसेवा, मानव जीवन र स्वास्थ्य संरक्षण, विपद् तयारी तथा राहत कार्यक्रमलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेका छन्।

पाण्डेयले भने, “रेडक्रसको समाजसेवाको लक्ष्य र सिद्धान्तअनुसार संस्थालाई बलियो बनाउने उद्देश्य लिएर मन्त्री पदमा उम्मेदवार बनेको हुँ। सबैसँग सहयोग र समर्थनको अपेक्षा गर्दछु। समाजसेवा हाम्रो पहिलो प्राथमिकता हो र यही उद्देश्यका साथ काम गरिरहनेछु।”

उनको उम्मेदवारीले रेडक्रसमा अनुभव, नेतृत्व क्षमता र समाजसेवाको प्रतिबद्धता सबैलाई एकसाथ ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया