डडेल्धुरा । स्थानीय युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ डडेल्धुराको अजयमेरू गाउँपालिका- ०१, पालीस्थित वकायल खेलमैदानमा टी–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
समैजी युथ क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी २०८२ साल कार्तिक ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने र प्रतियोगितामा सहभागी हुनका लागि कार्तिक ७ गते बेलुका ७ बजेसम्म आफ्नो टिम दर्ता गर्नु परे संकर भण्डरीले बताए ।
टिमदर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको यश प्रतियोगिताको प्रथम पुरस्कार रू २४ हजार ९ सय ९९, ट्रफी र मेडल प्रमाणपत्र र द्वितीय पुरस्कार १२ हजार ४ सय ९९ सहित ट्रफी र मेडल प्रमाणपत्र राखिएको छ ।
यसका साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी (म्यान अफ द सिरिज) र उत्कृष्ट बलरलाई जनही रु. १५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टेनिस बल प्रयोग गरिनेछ र प्रत्येक खेल १० ओभरको हुनका साथै प्रतियोगिता लिग चरणमा सञ्चालन गरिने बताइएको छ। आयोजक समितिले खेलको क्रममा खेलाडीलाई चोटपटक लागेमा त्यसको जिम्मेवारी खेलाडी स्वयंले लिनुपर्ने र प्रतियोगिता सम्बन्धी कुनै पनि अन्तिम निर्णय आयोजक समितिको हुने जानकारी दिएको जनाएको छ ।
टिम दर्ता तथा आवश्यक जानकारीका लागि आयोजकले निम्न सम्पर्क नंम्बर पनि सार्वजनिक गरेकाेछ ।
सम्पर्कका लागि:
- शंकर भण्डारी (९७४१७८३३८८),
- मनोज साउद (९८४८७१०१११),
- प्रेन्स भट्ट (९८६८७२६७०१),
- मेनेजर शितल भट्ट (९८६५६५३३२४)
- सरोज ताम्राकार (९७६९८३३९३९)