डडेल्धुराको अमरगढीमा खाद्य विषाक्तता: १२ जना बिरामी, सबैको अवस्था सामान्य

करन साउँद

डडेल्धुरा । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १०, तल्लो बुडालीमा एक श्रद्धा कार्यक्रममा खाना खाएका १२ जना स्थानीयलाई खाद्य विषाक्तता भएको छ। खाना खाएपछि उनीहरूलाई पखाला लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्नेजस्ता लक्षण देखिएको थियो।

​बिरामीमध्ये ४ जनालाई घरमै र ८ जनालाई सहस्रलिङ्ग स्वास्थ्य चौकी, राइमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ। अमरगढी नगरपालिकाको स्वास्थ्य शाखा, स्याउले स्वास्थ्य चौकी र सहस्रलिङ्ग स्वास्थ्य चौकीबाट खटिएको टोलीले उनीहरूको उपचार गरेको हो।

​स्याउले स्वास्थ्य चौकीका इन्चार्ज भोज पालका अनुसार, खाद्य विषाक्तताको कारणबारे यकिन हुन सकेको छैन। तर, उपचारपछि सबै बिरामीको अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेको जनाइएको छ। यस घटनाले स्थानीयहरूमा केही त्रास फैलाए पनि सबैको अवस्था सामान्य भएपछि उनीहरूले राहतको सास फेरेका छन्।

प्रतिक्रिया