विष्णु माझीको तिज गीत सार्वजनिक (भिडियाे)

lalbigul.com

 गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो ।

www.youtube.com/watch?v=jINNUJzvTa

तिम्रै छोरो राम्रो म त नराम्रो भन्दै व्यंग्य गर्दै सुरु हुने गीतमा छोरीमाथि हुने विभेदको कथा छ । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । छोरीलाई बच्चा देखि बुहारीको भूमिका निर्वाह गर्दाको सकस र पीडाबारे मनोवैज्ञानिक रूपमा तयार पारिने गरेको यथार्थ गीतमा समावेश छ ।

महिलालाई चुलोचौकामै सीमित गर्ने सोच रहेको समाजले हरेक दोषको भागिदार बुहारी हुनुपर्ने अवस्था रहेको यथार्थ गीतमा समावेश छ ।

भिडियोमा ललिता पौडेलको अभिनय छ । सम्भु चालिसेको सिनेमेटोग्राफी रहेको भिडियो सम्पादन प्रवीण भट्टले गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियो निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् ।

www.youtube.com/watch?v=jINNUJzvTaM


प्रतिक्रिया