डडेल्धुरा । उज्यालो नेपाल पार्टीले संगिता भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय डडेल्धुरा जिल्ला कमिटी घोषणा गरेको छ।
हरि सिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले नयाँ जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको हो। नवगठित कमिटीको अध्यक्षमा संगिता भण्डारी चयन भएकी छन्।
कमिटीको उपाध्यक्षमा खडक ब. थापामगर र तेजबहादुर चुनारा चयन भएका छन्। सचिवमा सुरेन्द्र मल्ल, उप–सचिवमा राजन कैनी र जस्मिन भट्ट तथा कोषाध्यक्षमा अन्जु ताम्राकार चयन भएका छन्।
जिल्ला कमिटी घोषणा कार्यक्रममा उज्यालो नेपाल पार्टीका नेता डा. तारा जोशी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. जोशीले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै जनताको समस्या र अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
नवगठित जिल्ला कमिटीले पार्टीको नीति, विचार र कार्यक्रमलाई गाउँ–गाउँसम्म पुर्याउँदै संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको नवगठित जिल्ला समिति सचिव मल्ले भने । देसभरी उज्यालो नेपाल पार्टीमा लाग्नेको संख्या बढ्दै गएको छ ।