ठगी धन्दामा संलग्न डडेल्धुराका नाथ काठमाडौंबाट पक्राउ

करन साउँद

डडेल्धुरा । क्यानडा पठाइदिने प्रलोभनमा दुई जनाबाट ठूलो रकम असुली गरेका डडेल्धुराका एक युवक काठमाडौंमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ रहेका छन्। उनले दुई युवासँग विदेश पठाइदिन्छु भनी १७ लाख रुपैयाँ लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

नाथले लामो समयसम्म पीडितहरूलाई आश्वासन दिँदै आएका थिए तर अन्ततः सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। त्यसको आधारमा प्रहरीले उनलाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो।

हाल उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया