डडेल्धुरा। उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि. डडेल्धुरा इकाइको २७ औँ बार्षिक साधारण सभा शुक्रबार विभिन्न क्षेत्रमा योगदान पुर्याएका सदस्यहरूलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
उद्योग बाणिज्य संघ डडेल्धुराको सभाहलमा संचाल समितिका सदस्य हर्क बहादुर चन्दको अध्यक्षता र जिल्ला समन्वय समितिका डडेल्धुराका प्रमुख गगनसिह भण्डारीको प्रमुख आतिथ्यतामा २७ औँ इकाईगत बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा लेखा समितिका संयोजक चित्राङ्ग थापा, ऋण उप समितिका संयोजक डा. प्रेम सिह भाट, अमरगढी नगरपालिका वडा नं.२ का अध्यक्ष हेमराज पन्त र पत्रकार महासंघ डडेल्धुराका सचिब भिम दाहाल खत्री लगायतको आतिथ्यता कार्यक्रम सम्पन्न भयो ।
साधारण सभाले जेष्ठनागरिक बचत कर्तामा कृष्णा देवि पाण्डे, उत्कृष्ट उद्यमी गोपी सार्की, गणेश प्रसाद जोशी, रम्भा देवि पाण्डेय, चन्द्रिका कुमारी पाल, पार्वती देवि जैशी, प्रकाश रावल र उत्कृष्ट बाल बचतमा शिशिर साउँद र अनमोल ओझालाई सम्मान गर्दै अमर कैनीलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा डडेल्धुरा जिल्ला इकाई अन्तरगत रहेका शेयर सदस्यको उल्लेख सहभागीता रहेको थियो ।
२०५६ सालमा स्थापना भएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि डडेल्धुरा बैतडी डोटी र दार्चुलाका २५ जनाले १० लाख शेयर पुजी बाट संञ्चालित गरेको यस संस्थाका हाल डडेल्धुरा, बैतडी, धनगढी,अत्तरीया, कृष्णपुर, झलारी, दैजी, बेलौरी, दोधरा गरि १० ओटा शाखाबाट सेवा दिइरहेको यस संस्थाको केन्द्रीय कार्यालय भिमदत्त नगरपालिका १८ कञ्चनपुरमा रहेको छ । भने हाल सम्म २६२१८ जना संस्था रहेका छन् ।
आर्थक वर्ष २०८१/०८२ को अन्त सम्म २०८२ साउन मसान्तसम्मको विवरण अनुसार संस्थाको कुल शेयर पूँजी गत वर्ष रु २०,५८,६९,१००० बाट २०८२ अषाढ मसान्त सम्ममा २२,०६,९५,५००० पुऱ्याउन सफल भएका छ । जुन गतवर्षको तुलनामा ६.७२% ले वृद्धि भएको हो । सदस्यहरुको शेयर पुंजीलाई वृद्धि गर्दै ५० करोड पुऱ्याउने लक्ष्य रहकारी लिएको छ ।
बचत अन्तरगत सदस्यहरुमा छरिएर रहेको स-सानो रकमलाई बचत गराउने अभिप्रायले दैनिक बचत, उदयदेव बचत, मासिक बचत, आवधिक बचत, व्यक्तिगत बचत, समूह बचत, बाल बचत, पेन्सन जेष्ठ नागरीक बचतका साथै आवश्यकतानुसार बचतका नयाँ नयाँ किसिमहरु (Products) को विकास गरी निक्षेपमा वृद्धि ल्याईने छ। हाल संस्थाको निक्षेप दायित्व १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९३ रूपैया ८० पैसा रहेको छ। जुन गत वर्षको तुलनामा झण्डै १२.१२% ले वृद्धि भएको हो ।
संस्थाले ऋण लगानी तथा असुली अन्तरगत रहेर ग्रामिण तथा शहरी क्षेत्रमा रहेका सबै वर्गका सदस्यहरुका परिवारको आर्थिक हितलाई ध्यानमा राखी व्यपारकर्जा, कृक्षिकर्जा, हायरपर्चेजकर्जा, लघुउद्यमकर्जा, पशुपन्छी पालनकर्जा, साधारणकर्जा, मौसमी कजांमा धितोराखी वा विनाधितो आवश्यकता अनुसार कर्जा लगानी गर्दै आएका छ । लगानीका नयाँ नयाँ सम्भावनाहरुको संम्भाव्यता हेरी आगामी वर्षमा कर्जालाई व्यापक क्षेत्रमा लगानी गर्ने उद्देश्य लिईएको छ। संस्थाले उदयदेव सरल कर्जा ९.७५%, कृषि तथा व्यापार कर्जा १२% र अनुत्पादक कर्जा १३.५०% मा लगानी गर्दै आएको छ । संस्थाको लगानीमा रहेको ऋण रकम रु.१ अर्ब ६३ करोड ३० लाख १७ हजार ४४७ रूपैयाँ ६० पैसा रहेको छ। जुन गत वर्षको तुलनामा झण्डै ७.४५% वृद्धि भएको हो ।
आ.व. २०८१/०८२ मा कुल २९ करोड ३३ लाख ८१ हजार ६०५ रूपैयाँ ९२ पैसा आम्दानी गरी विभिन्न शिर्षकमा खर्च तथा कर्जा नोक्सानी व्यवस्था गरी रु.३ करोड ७५ लाख ९२ हजार ११७ रूपैयाँ ३८ पैसा संस्थाको शुद्ध मुनाफा रहेको कार्यक्रमका अध्यक्ष समेत रहेका संचालन समितिका सदस्य समेत रहेका हर्क बहादुर चन्दले बताए छ ।
संस्थाले कृषि प्रवर्द्धन केन्द्र,बीउ प्रबर्द्धन केन्द्र, राईस मिल आदि संञ्चाल गरी सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान लगायत विभिन्न कृषि जन्य उत्पादन खरिद तथा विक्रि गर्ने काम गरिहेको चन्दले बताए ।
संस्थाले अगामी दिनमा सदस्यहरुलाई छिटो छरितो स्तरिय तथा प्रभावकारी सेवा प्रवाह गर्ने, सदस्यहरुलाई मोबाईल बैंकि OR code, SMS, Coop card को माध्यमबाट सिटी सेवा प्रदान गर्ने, कर्जा लगानिको जानकारी ३ दिन भित्र दिने, ७ दिन भित्र कर्जा लगानी गर्ने, बचत फिर्ता ३ मिनेट भित्र गर्ने, सदस्यको गुनासो जिज्ञासा एवं सुझाव तुरुन्त कार्यान्वयन गर्ने, निति, विधि तथा प्रविधिको आधारमा संस्था संज्यालन गर्ने सहकारी ऐन तथा नियमावलीको पुर्ण पालना गर्ने, सस्थाले गर्ने कुनै पनि कार्यहरु नीति, कार्यविधि तयार गरी सो को अधिनमा रही कार्य गर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने, सदस्यहरुलाई उद्यमसिलता सम्बन्धि तालिम दिने, सदस्यको उत्पादन खरिद गरी बजारीकरणको व्यवस्था मिलाउने, कुल कर्जा लगानीको ५०%, उत्पादन तथा व्यवसायमा प्रबर्द्धनमा लगानी गर्ने, प्रत्येक वर्ष ५०% सदस्यहरुलाई वित्तिय साक्षरता दिने, सामाजिक उत्तरदायीत्व अन्तर्गत सामाजिक कार्यक्रममा सरिक भई सहयोग गर्ने, नेतृत्व र जनशक्तीको दक्षता बुढी गर्ने, भाखा नाघेको ऋण न्युनिकरण गर्ने, कर्जा सदुपयोगिता भए नभएको एकिन गर्ने र समय समयमा कर्जा सदुपयोगिताको प्रभावकारी निरिक्षण, अनुगमन गरी राख्ने, कर्जाको किस्ता मासिक दैनिक हुने गरी व्यवस्था मिलाउने कार्यक्रम अघी सारेको छ ।
कार्यक्रममा बोल्दै समन्वय समिति संयोजक भण्डारीले भने बचत कर्ताले आफुले गरेको लगानी सदुपयोग भयो कि भएन भनेर खोज्ने दिन साधारण सभा भएको बताए ।
सहकारीबाट सदस्यहरूको जीवन सुधार गर्दै आय आर्जन गरि स्थानीय स्तरमै स्वरोजगार बन्ने अबसर जुराएको मा संस्थाको प्रगती र उन्नती सुभकामना ब्यक्ति गरे ।