प्रधानमन्त्रीलाई बहुविवाहसम्बन्धी विधेयक अध्यन गर्न सांसद शर्माको सुझाब

lalbigul.com

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाह सम्बन्धी कानुनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई 'झुट' भन्दै आश्चर्य व्यक्त गरेकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा संशोधन विधेयकको बुँदा ३३ र थपिएको खण्ड 'क' राम्रोसँग अध्ययन गर्न सुझाव दिइन् । उनले उक्त खण्डले बहुविवाहलाई घुमाउरो रूपमा वैधता दिने व्यवस्था गरेको दाबी गरिन् ।

'प्रधानमन्त्रीले सरकारका उपलब्धि सुनेर अचम्म मान्नुभयो भन्नुभयो, तर विगतका मिथ्यांक र बहुविवाहसम्बन्धी कानुनबारे उहाँको अभिव्यक्तिबाट म साँच्चै अचम्मित भएँ,' उनले भनिन् । 'देशको प्रधानमन्त्रीले यस्ता विषयमा हल्का टिप्पणी गर्नु शोभनीय हुँदैन ।'

प्रतिक्रिया