'आह्वान'
भ्रष्ट, दलाल
माफियालाई कठै पनि भन्दै नभन
राष्ट्र भक्त युवाहरु दलालका
कुरा सुन्दै नसुन।
माग्छिन् भने नेपाल आमा फेरि
रगत बगाउने छौं
सुशासनको दियो बाल्न हरेक
युवा सघाउने छौ।
होली खेल्यो सरकारले युवाका
रगतमा
नेपालका भ्रष्टले कृति रच्यो
जगतमा।
भन्छौ तिमी लोकतन्त्र जनताकै
लागि,
सडकमा जनता मारी कहाँ गयौ
भागी।
भन्छौ तिमी गणतन्त्र देश अनि
जनताकै लागि,
दलालका मुठीबाट खोसौं युवा
अब गणतन्त्रको चाबी।
कयौं आमा सन्तानबिहिन बनाई
दियो गणतन्त्रले,
लठ्ठ परे भ्रष्टहरु विदेशीका
मन्तर अनि तन्तरले।
भ्रष्टका नियतले देशको माथ
झुकेको छ,
तिम्रा जाली गणतन्त्रमा
हत्या हिंसा लुकेको छ।
जनताको लोकतन्त्र ल्याउनु
पर्छ अब,
देशले नै मुहार फेर्छ जाग्छ
युवा जब।
मुक्तक स्रष्टाः
दिनेश कुमार देउबा
सायल गाउँपालिका १
कौराडी डोटी
17 Sep 2025, Wednesday