बझाङ। बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाले हालै सम्पन्न Gen-Z आन्दोलनमा ज्यान गुमाएका दुई जना शहीदका परिवारलाई १-१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिकाले भदौ २२ र २३ गतेको आन्दोलनलाई नेपालको राजनैतिक इतिहासमा ऐतिहासिक परिवर्तनको आधारशिला भएको उल्लेख गर्दै, आन्दोलनमा सहादत प्राप्त गर्ने दुर्गाथली गाउँपालिका का स्व. भीम धामी र खप्तडछान्नाका स्व. सुबास बोहराप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै, आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै शहीदहरूले दिएको बलिदानलाई सदैव स्मरण गर्ने प्रतिवद्धता जनाएका छन्। गाउँकार्यपालिकाको निर्णयअनुसार शहीद परिवारलाई तत्काल १-१ लाख रुपैयाँ राहात उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष थाापाले बताए ।
14 Sep 2025, Sunday