कैलाली । धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया बालिका सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्।
बिहीबार साँझदेखि हराएकी उनलाई शुक्रबार साँझ मोहना नदीमा शवको रूपमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार राना निर्वस्त्र अवस्थामा नदीमा डुबेको अवस्थामा फेला परेकी हुन्। घटनास्थल नजिकै करिब दुई सय मिटर टाढा उनको कपडा पनि भेटिएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। यसबीच परिवारजनले घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्।
28 Sep 2025, Sunday