धनगढी । धनगढी उपमहानगरपालिका-०२ मा अवस्थित एलाइन्स इन्टरनेसनल मोडल स्कुलले कक्षा १२ को वार्षिक परीक्षामा ५६.९७ प्रतिशत नतिजा हाँसिल गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार उक्त विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी १७२ जना विद्यार्थीमध्ये ९८ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ।
एलाइन्स इन्टरनेसनल मोडल स्कुलका प्र.अ. मनोज पन्तका अनुसार व्यवस्थापन समूहकी कल्पना लुहारले ३.६४ जीपीए हाँसिल गर्दै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी छन।
एलाइन्स इन्टरनेसनल मोडल स्कुलले वि:स २०७७ सालदेखि कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको हो । कानुन, व्यवस्थापन, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट लगायतका कोर्ष पनि निरन्तर रूपमा पढाई भईरहेको प्र.अ. पन्तले बताए ।
08 Aug 2025, Friday