डडेल्धुराको आलितालमा ट्र्याक्टर दुर्घटना, पाँच घाइते, एकको अवस्था गम्भीर

lalbigul.com

डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–८ मा शनिबार राति एक ट्र्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

भे १ त ७८५४ नम्बरको ट्र्याक्टर राति करिब १० बजे दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारीअनुसार, ट्र्याक्टर आलिताल – ८ बाट पालिकाको सदरमुकामतर्फ आउँदै गर्दा अनियन्त्रित भएर पल्टिएको थियो । 

घाइतेहरू सबै जनाको  जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको ईलाका  प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । 

प्रतिक्रिया