डडेल्धुरा कारागार तोडेफोड गरेर भागेका ८५ मध्ये ७८ कैदीबन्दी पक्राउ

करन साउँद

डडेल्धुरा । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीमध्ये ७८ जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २५ गते बिहान कैदीबन्दीहरूले आफ्ना सरसामानमा आगो लगाई कारागारको गेट तोडेर भागेका थिए।

​फरार कैदीबन्दीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। कारागार प्रशासनका अनुसार, घटना हुँदा कारागारमा १२७ जना कैदीबन्दी थिए, जसमध्ये ८५ जना फरार भएका थिए।

​नेपाल प्रहरीले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अहिले कारागारमा कैदीबन्दीको संख्या १२० पुगेको छ। अझै फरार रहेका ७ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया