उपाध्यक्षको व्यक्तिगत लगानीमा आलितालमा क्रिकेट प्रतियोगिता आयोजना

करन साउँद

डडेलधुरा। आलिताल गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल बोहराको व्यक्तिगत आर्थिक लगानीमा गाउँपालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ।

विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा आयोजित प्रतियोगिता आलिताल गाउँपालिका ८ मा रहेको घुम्ति खेल मैदानमा असोज २५ गतेदेखि सुरु भएको हो।

उपाध्यक्ष बोहराले खेलकुदमार्फत सामाजिक सद्भाव, समन्वय र एकता प्रवर्द्धन गर्ने उद्देश्य सहित खेलाडी र युवाप्रति प्रेरणा व्यक्त गर्दै सबै पक्षको सहयोग अपेक्षा गरेकी छन्।

प्रतियोगिताको विजेताले रु. २२,२२२/-, उपविजेताले रु. ११,१११/- नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

शुभकामना आदानप्रदान संगै खेलकुदलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउने र आलिताललाई खेलकुदको हव बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बोहराले बताइन । 

प्रतिक्रिया