जर्जियाको सडक आन्दोलनमा नेपालको झण्डा

बिगूल समाचारदाता

जर्जियामा भइरहेको सडक आन्दोलनमा नेपालको झण्डा देखिएको छ । सडकबाट निर्वाचित सरकार ढाल्ने प्रतीकको रूपमा आन्दोलनकारीहरूले नेपालको झण्डा बोकेको बताइएको छ ।

जर्जियाकी नेतृ मारिका मिकिआस्भिले सामाजिक सञ्जालमा नेपालको झण्डा देखिएको तस्वीर सार्वजनिक गरेकी छन् । युरोप पक्षधर र रुस पक्षधरबीचको पछिल्लो चुनावी नतिजालाई लिएर विवाद भएपछि युरोप पक्षधरहरूले सडक आन्दोलन थालेका हुन् ।

आन्दोलनकारीहरूले राष्ट्रपति निवास कब्जा गर्न खोजेका थिए । तर, सुरक्षा निकायले त्यसलाई रोक्न सफल भएको थियो ।

प्रतिक्रिया