गन्यापधुरा र भागेश्वरमा भोली सार्वजनिक विदा

करन साउँद

डडेल्धुरा । गन्यापधुरामा लाग्ने शिखर जात र भागेश्वरमा लाग्ने जोगेनी जातको अवसरमा भोली २० गते शुक्रवार गन्यापधुरा र भागेश्वर गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ  । 

भाद्र २० गते शुक्रवार राती  डडेल्धुराको भागेश्वर गाउँपालिका २ मा जोगेनी जात र गन्यापधुरा गाउँपालिका ४ र ५ को सिमानामा पर्ने गन्याप मन्दिरमा लाटागन्यापको जात हुने छ । 

स्थानीय जात्राको अवसरमा स्थानीय सरकारले पालिकाभित्र सार्वजनिक बिदा गरिएको छुट्टा छुटै सुचनामा उल्लेख  गरिएको छ । सुचना भनिको छ अति आवश्यक सेवा बाहेक पालिका भित्रका सम्पूर्ण सरकारी सेवाहरू बन्द हुने छन् ।

गन्यापधुरा गाउँपालिका ३ र ४  अन्तरगत महाभारत  वनक्षेत्रको घना जंगलमा पर्ने प्रसिद्ध लाटागन्याप ’शिखर जात’  भाद्र शुक्ल चतुर्दशीका दिन विभिन्न ठाउँका १२ देउरा सहित प्रत्येक वर्ष जात हुने गर्छ । यो वर्ष पनि भाद्र २० गते शुक्रबार राति  गन्याप देउताको मेला लाग्ने छ । 

यस्तै भागेश्वर गाउँपालिका २ जोगेनीबुँगा रुपालमा लाग्ने जोगेनी जात पनि प्रत्येक ३ वर्षमा लाग्ने गर्छ ।  जोगेनी जात ( भुतकी जात) पनि यो वर्ष २० गते नै हुने भएको छ  भागेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले  भने ।  भागेश्वर क्षेत्रको प्रसिद्ध स्थानीय जाँत भएको हुँदा अति आवश्यक वाहेक सम्पूर्ण सेवा बन्द गरेर पालिका भरी सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत  भट्टले बताए । 


प्रतिक्रिया