डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा शुक्रवार राती एक पुरूषको घरकै वर्दालीमा झुण्डएर मृत्यु भएको छ ।
परिवार श्रोतका अनुसार शुक्रावार राती करिव ८ बजे ५२ वर्षिया उदय सिह बोहराले आफ्नै घरको वर्दालीमा झुण्डिएर आत्महत्य गरेका हुन् । घटन भएको समयमा घरमा उनकी श्रीमती, बुहारी र नातनी मात्रै रहेका थिए ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पछिल्लो समय आलिताल क्षेत्रमा झुन्डिएर आत्महत्या गर्ने घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
30 Aug 2025, Saturday