आलितालमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

बिगूल समाचारदाता

आलिताल डडेल्धुरा । आलिताल गाउँपालिका - ८ गोदाम बजारबाट बाहिरीसैनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । शनिबार राति करिब १०ः०० बजेको समयमा भे १ त ७८५४ नम्बरको ट्याक्टर सडकबाट करिब पाँच मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका आलिताल–५ बाहिरीसैनका २७ वर्षीय भरत रावतलाई उपचारका  जोगबुढा अस्पताल पुगाएको थियो । अस्पताल पुगाए लगत्तै  चिकित्सकले उहाँलाई मृत घोषित गरेको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

ट्याक्टरमा चालकसहित पाँच जना सवार थिए । २४ वर्षीय सन्तोष रोकालाई भने थप उपचारका लागि धनगढी रिफर गरिएको डीएसपी सिहंले जानकारी दिनुभयो । पवन बि.क. र २५ वर्षीय तिलक चोखालको जोगबुढा अस्पतालमा उपचार भइरहेकोे उहाँले बताउनुभयो । 

दुर्घटनापछि सामान्य घाईते भएका  ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया