आलिताल डडेल्धुरा । डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा खेलकुद तथा सामाजिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले गठन गरिएको ‘आलिताल युवा समाज’ को संयोजकमा नवीन बिष्ट चयन भएका छन्।
२०८२ साल असोज २१ गते आलिताल गाउँपालिका को सभाहलमा बसेको युवाहरूको भेलाले सर्वसम्मत निर्णय गर्दै युवा समाज गठन गरेको हो। भेलामा सहभागी स्थानीय युवाहरूले खेलकुद, सामाजिक विकास, पर्यटन प्रवर्द्धन र समाजिक सशक्तीकरण तथा एकता अभिवृद्धि गर्ने अभिप्रायले संस्था गठन गरिएको संस्थाका संयोजक विष्टले बताए ।
भेलाले संस्था सञ्चालनका लागि नवीन बिष्टको संयोजत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको सदस्यमा नवीन खड्का, राम बहादुर बोहरा,उपेन्द्र मडै, मोहन धामी, प्रकाश कार्की,खगेन्द्र महरा,यसोदा मडै,राधिका धामी, गगन सिह धामी र एक सदस्य पछी मनोनीत हुने छ ।
संयोजक बिष्टले संस्थालाई निकट भविष्यमा औपचारिक रूपमा दर्ता गरी खेलकुद र सामाजिक अभियान अगाडी बढाउने र युवाहरूमा सकारात्मक सोचको विकास गर्ने उद्देश संस्थाले राखेको बताए ।