असोज ६ डडेल्धुरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई मन्त्री नियुक्त गरेका हुन् । उनले आज राष्ट्रपति कार्यालय शितल निवासमा शफथ लिएर पदभार ग्रहण गरेका हुन् ।
22 Sep 2025, Monday